02 Feb 2024
अमेरिकामा स्थापित अन्तराष्ट्रिय सामाजिक संस्था भिजन क्लवस् ईन्टरनेशनलले उर्लावारी नगरपालिका वडा नं. ८ स्थित बहादुर बाबा चौधरी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लवसको काठमाडौं शाखाले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरुप उर्लावारी नगरपालिकासंगको समन्वयमा शुक्रबार (२०८० माघ १९ गते) अति विपन्न बालबालिका अध्यनरत बहादुर बाबा चौधरी आधारभूत विद्यालयलाई कापि कलम सहितको सहयोग बितरण गरेको हो ।
उर्लाबारी गरपालिकाका उप प्रमुख मिना कुमारी खतिवडाको प्रमुख आतित्यतामा आयोजित कार्यक्रममा उर्लावारी नगरपालिकाका कृषि शाखा प्रमुख अम्विका लुईटेल, कार्यपालिका सदस्य कृष्ण माया कडरिया, वडा नं. ८ का वडा सदस्य रुद्र लामिछाने, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भक्त बहादुर खड्का लगायतको विषेश आतिथ्यता रहेको थियो ।
संस्थाका स्थानिय प्रतिनिधी विष्णु प्रसाद विपि भट्टराईको सिफारिसमा उर्लावारी क्षेत्रका विद्यालय अनुगमनमा आएको भिजन क्लवसले दैनिक अक्षर सिकाई र गृहकार्यका लागि समेत कापी कलमको अभाव झेलिरहेका अति विपन्न विद्यार्थीको अवस्था निरिक्षण पश्चात विद्यालयमा अध्यनरत बाल कक्षा देखी कक्षा ५ सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । कार्यक्रममा भिजन क्लवस ईन्टरनेशनलका संस्थापक सदस्य, अन्तराष्टिय डाईरेक्टर तथा भिजन क्लव अफ काठमाडौंका चार्टर सदस्य विष्णु बहादुर श्रेष्ठ र सदस्य सुष्मा देवकोटाको संस्थागत सहभागिता रहेको थियो ।
विभिन्न भिजन सहितका चार्टर स्थापना गरेको संस्थाको विश्वव्यापि सामाजिक अवस्था सुधारको लक्ष्य अन्तरगतका कार्यक्रम मध्यको पहिलो प्राथमिकतामा रहेको शिक्षा योजना भित्रको यस कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर उप प्रमुख खतिवडाले अति विपन्न अधिकांश सन्थाल समुदायका बालबालिका अध्यनरत बहादुर बाबा आधारभुत विद्यालयलाई अनुगमन पश्चात छनौट गरी शैक्षिक सामग्री वितरण गरिएको प्रति भिजन क्लवसलाई धन्यवाद दिंदै खुसि ब्यक्त गर्नुका साथै उप प्रमुख खतिवडाले शिक्षा केन्द्रित यस प्रकारका कार्यक्रमा नगरपालिकाको सदैव साथ रहने प्रतिवद्धता सहित विद्यालयमा अध्यनरत बालबालिकाको अवस्थाबारे प्रकाश पारेकी थिईन् ।
त्यस्तै विद्यालयकी प्रधानध्यपक गीता भण्डारीले विद्यालयका आवश्यक शैक्षिक तथा भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी गराउँदै विद्यालयको स्तरोन्ततिका लागि थप पहलको अपेक्षा सहित अध्यनरत विद्यार्थी मध्यका पनि सहयोगको अत्यावश्यकता रहेका केही विद्यार्थीहरुको पारिवारिक अवस्थाबारे पनि जानकारी गराएकी थिईन् ।
समाज सेवा जस्तो शंवेदनशिल क्षेत्रमा आउने सहयोगको सहि सदुपयोग हुन सकेमात्र सम्बन्धित व्यक्तीले सो सहयोगको अनुभूत गर्न सक्ने यथार्थलाई ध्यानमा राखि सहयोगका लागि अनुरोध गरिएका विद्यालयहरु मध्य संस्थाका केन्द्रिय शाखा पदाधिकारी वा संस्था संवद्ध आधिकारिक व्यक्तीको भौतिक उपस्थितीमा सहयोग आवश्यक विद्यालय मध्यवाट छनौटमा परेका देशका विभिन्न जिल्लाका विद्यालयलाई सहयोग गर्दै आएको भिजन क्लवसले अघिल्लो साता शनिवार उर्लावारी नगरपालिकाका प्रमुख गंगा प्रसाद खरेल सहित विद्यालय अनुगमन पश्चात बहादुर बाबा चौधरी आधारभूत विद्यालयलाई छनौट गरेको हो ।
वि.सं. २०४६ सालमा स्थापना भएको यस विद्यालयमा हाल ७० जना अति विपन्न विद्यार्थीहरु अध्ययनरत छन् । जसमध्य प्राय सबै बालबालिकाका अविभावकको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण अध्यनरत विद्यार्थीको मानसिक तथा भौतिक जीवनमा प्रत्यक्ष प्रभाव देखिन्छ । विद्यँलयका अनुसार महिला शिक्षिक मात्रले अध्यापन गराउँदै आएको यस विद्याल अध्यनरत केही विद्यार्धी अति पढाईमा अति तिक्ष्ण भएपनि पारिवारिक गरिविका कारण विचैमा उनिहरुको पढाई छुट्न सक्ने संभावना ज्यादा देखिन्छ । अति विपन्न टुहुरा, एकल आमा र हजुबा हजुरआमा र मामलीले जेनतेन हुर्काईरहेका बालबालिका अध्यनरत यस विद्यालयप्रति स्थानिय र केन्दिय सरकारको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ ।
गत बर्ष नेपालका ५ विद्यालयका करिव ५ सय जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको क्लवसले यस बर्षका लागि पनि सहयोगका लागि विभिन्न विद्यालयहरु छनौट गर्दै सहयोग कार्यक्रमलाई सक्रियता पूर्वक अघि बढाईरहेको छ ।