09 Jul 2025
भिजन क्लब अफ काठमाडौंको तेस्रो वार्षिक स्थापना दिवस मनाइएको छ । आज भिजन क्लब इन्टरनेशनल अन्तर्गतको भिजन क्लब अफ काठमाडौंको तेस्रो वार्षिक स्थापना दिवस गोकर्णमा मनाइयो । कार्यक्रम भिजन क्लब अफ काठमाडौंका अध्यक्ष भिसिआई राजकृष्ण श्रेष्ठको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन क्लबका कोषाध्यक्ष भिसिआई जयराज श्रेष्ठले गर्नु भएको थियो। सो अवसरमा काठमाडौं अध्यक्ष भिसिआई राजकृष्ण श्रेष्ठले वरिष्ठ समाजसेवी तथा भिजन क्लबका संस्थापक अध्यक्ष एवं इन्टरनेशनल अध्यक्ष मंगलदास श्रेष्ठको परिकल्पना अनुसार आवश्यकता हेरेर पृथक किसिमले सेवा गर्ने कार्य गरिरहेको जानकारी दिनु भयो । सो अवसरमा काठमाडौं अध्यक्ष भिसिआई राजकृष्ण श्रेष्ठले शिक्षा, स्वस्थ्य लगायत सामाजिक विकासका क्षेत्रमा क्लबले गर्दै आएका गतिविधिबारे जानकारी दिनु हुँदै आगामी दिनमा सेवा कार्य बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भयो । यस्तै भिजन क्लबले फ्लेकजोन बेकरी एण्ड क्याफेको सहकार्यमा बेकरी र बरिस्ता (कफी) बनाउन दिएको प्रशिक्षणका प्रशिक्षार्थीले आफूले तयार गरेका कफि तथा बेकरीका परिकार प्रदर्शन तथा कार्यक्रममा सहभागिले नास्ताका रुपमा ग्रहण गर्नु भएको थियो।